काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले शत्रुता अन्त्य गर्न आह्वान गर्दै लेबनान र इजरायलबीचको सीमा रेखामा व्यापक द्वन्द्वको जोखिम रहेको बताएका छन् । गाजा ध्वस्त पार्ने हमाससँगको आठ महिना लामो युद्धपछि उत्तरी सीमा क्षेत्रको भ्रमण गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बुधबार इजरायली सीमामा ‘धेरै तीव्र कारबाहीका लागि तयारी भइरहेको बताएपछि राष्ट्रसंघका प्रमुखको यो धारणा…