बर्न (स्विट्जरल्यान्ड) । स्विट्जरल्यान्डमा शान्ति शिखर सम्मेलनको समापनपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गैरकानुनी रूपमा विस्थापित तथा हिरासतमा रहेका बालबालिका र सबै युद्धबन्दीलाई युक्रेनमा फिर्ता गर्नुपर्ने बताएका छन् । युक्रेनमा युद्धको अन्त्य गर्ने मार्ग निर्माण गर्न समर्पित स्विजरल्याण्डमा दुई दिने शिखर सम्मेलनमा सहभागी ८० भन्दा बढी अन्य देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरू सहमत भएपनि केही तर प्रमुख…