अफगानिस्तानमा विस्फोट हुँदा नौ बालबालिकाको मृत्यु

काबुल । अफगानिस्तानको गजनी प्रान्तमा बेबारिसे बिस्फोटक पदार्थ बिस्फोट हुँदा नौ बालबालिकाको ज्यान गएको सरकारी बख्तार समाचार एजेन्सीले सोमबार जनाएको छ । आइतबार दिउँसो चारदेखि दश वर्ष उमेर समूहका ती बालबालिकाले बेबारिसे बम खेलाउँदा अचानक बिस्फोट भएको थियो । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको बख्तारले गजनीका सूचना र संस्कृति विभागका निर्देशक मुल्लाह हमिदुल्लाह निसारलाई उद्धृत…