इजरायली हवाई आक्रमणमा ३६ सिरियाली सैनिकको मृत्यु

बेरुत । सिरियाको एलेप्पो प्रान्तमा इजरायलले शुक्रबार बिहान गरेको हवाई आक्रमणमा कम्तीमा ३६ जना सिरियाली सैनिकको मृत्यु भएको छ । सिरियाली युद्धको अनुगमन गरिरहेको एक संस्थाले हेज्बुल्लाह विद्रोहीले हतियार राखेको आशंकामा इजरायलले उक्त आक्रमण गरेको जनाएको छ । बेलायतमा कार्यालय रहेको सिरियाली अब्जरभेटरीले लेबनानमा सक्रिय हेज्बुल्लाह समूहको क्षेप्यास्त्र भण्डारणमा इजरायलले हवाई आक्रमण गरेको जनाएको छ…