नयाँदिल्ली । विषाक्त धुवाँबाट राजधानीवासीलाई केही राहत दिन नयाँदिल्लीमा एक साताका लागि निजी सवारी साधनको प्रयोगमाथि रोक लगाइने अधिकारीहरूले सोमबार घोषणा गरेका छन् । तीन करोड जनसङ्ख्या रहेको दिल्लीलाई प्रत्येक वर्ष हिउँदयामको सुरुमा विषाक्त धुवाँले ढाक्छ । छिमेकी कृषि प्रधान राज्यहरूमा किसानले पराल जलाएका कारण दिल्लीलाई धुवाँले ढाकेको हो । नयाँदिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित…