संयुक्त राज्य अमेरिकाले नागरिक सुरक्षा योजना बिना गाजाको दक्षिणी सहर रफाहमा इजरायलले सुरु गरेको आक्रमणलाई समर्थन नगर्ने बताएको छ । लाखौं शरणार्थीहरुको सुरक्षा योजना बिना हमला गर्दा ठूलो विपद आइपर्ने भन्दै संयमित हुन आग्रह गरेको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रफाहमा सैन्य कारबाही थाल्न निर्देशन दिएपछि अमेरिकाले कडा चेतावनीस्वरुप यो प्रतिक्रिया दिएको हो ।…