क्वेटा (पाकिस्तान) । पाकिस्तानको कारागारमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका हजारौँ समर्थक र अन्य राजनीतिक दलका सदस्यहरूले गत साताको निर्वाचनमा कथित धाँधलीको विरोधमा सोमबार अस्थिर दक्षिण–पश्चिममा प्रमुख राजमार्गहरू अवरुद्ध गरेका छन् । आइतबार प्रकाशित अन्तिम नतिजाअनुसार करिब दुई वर्षअघि खानलाई सत्ताबाट हटाउने राजनीतिक दलहरूको तुलनामा उनले समर्थन गरेका उम्मेदवारहरूले धेरै सिट जितेका छन् । यद्यपि कुनै…