सुडानको सेना र एक कुख्यात अर्धसैनिक बल बीचको शक्ति संघर्षका क्रममा भएको झडपमा २७ जनाको मृत्यु भएको छ । घटनामा झण्डै २ सय जना घाइते भएका छन् । दुई समूहबीच भएको संघर्षले मुलुकलाई नै हल्लाइ दिएको छ । राजधानी खार्तुममा राष्ट्रपतिको दरबार, सरकारी टेलिभिजन र सेनाको मुख्यालयमा प्रतिद्वन्द्वी सेनाहरूबीच झडप हुँदा त्यहाँका स्थानीयले गोली चलाउन…