मोरक्कोमा गएको भूकम्पमा परी थप एक सयको मृत्यु भएको पुष्टि

अमिजमिज । मध्य मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी थप एक सय जनाको मृत्यु भएको पुष्टि मोरक्कोको गृह मन्त्रालयले आइतबार गरेको छ । सार्वजनिक पछिल्लो विवरणअनुसार भूकम्पबाट कम्तीमा दुई हजार १२२ जनाको मृत्यु भएको छ भने दुई हजार ४२१ जना घाइते भएका छन् । मृत्यु हुनेमा अल हाउज प्रान्तमा एक हजार ३५१, तारौदान्त प्रान्तमा…