हमास र इजरायलसँग सम्पर्कमा रहेको रेडक्रसको भनाइ

जेनेभा । रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसिआरसीले गाजामा बन्धकहरूलाई रिहा गर्न हमास र इजरायलसँग सम्पर्कमा रहेको बिहीबार बताएको छ । गत शनिबार इजरायलमाथि हमासको अप्रत्याशित आक्रमणपछि सैनिक, सर्वसाधारण, बालबालिका र महिलासहित कम्तीमा एक सय ५० इजराइली र विदेशीलाई गाजापट्टीमा बन्धक बनाइएको छ । “तटस्थ मध्यस्थकर्ताका रूपमा मानवीय भ्रमणहरू गर्न, बन्धक र परिवारका सदस्यबीच सञ्चार सम्पर्क सुविधा…