सिक्किममा ताल फुटेर आएको बाढीमा परी मृत्यु हुनेको संख्या १४ पुग्यो, अझै १०२ बेपत्ता

दार्जिलिङ । सिक्किमको लोनाक ताल फुटेर आएको बाढीमा परी अहिलेसम्म १४ जनाको मृत्यु भएको छ ।  सो तालको करिब ६५ प्रतिशत (१६५ हेक्टर)  भाग फुटेर नष्ट भएको छ भने ताल फुटे पछि आएको बाढीले तटीय क्षेत्रलाई तहसनहस बनाएको छ । टिस्टा नदीमा अचानक बाढी आए पछि सेनाको क्याम्पलगायत धेरै भौतिक संरचना ध्वस्त हुन पुगेका छन ।…