महिला र पुरुषलाई एउटै सवारी साधनमा बस्न निषेध

बन्दाआचे (इन्डोनेसिया) । इन्डोनेसियाको अति–रुढिवादी आचे प्रान्तका अधिकारीहरूले विपरीत लिङ्गीलाई एउटै सवारी साधनमा बस्न नपाइने आदेश जारी गरेका छन् । पारिवारिक सम्बन्ध नभएका पुरुष र महिला तथा विशेष गरी विवाह नगरेका विपरीत लिङ्गीलाई सवारी साधन र सार्वजनिक स्थानमा अलग्गै बस्न आदेश दिएका हुन् । स्थानीय सरकारले उक्त आदेश कडाइका साथ कार्यान्वयन गरिने बताउँदै त्यसको पूर्ण…