फ्रान्सको हिंसा बेल्जियम पुग्यो

पेरिस । फ्रान्समा १७ वर्षीय बालक नाहेलको हत्याको पाँचौ दिनसम्म पनि हिंसा जारी छ । जसका कारण राष्ट्रपति इमानुएल म्याक्रोनले आफ्नो जर्मनी भ्रमण स्थगित गरेका छन् । उनले जर्मन राष्ट्रपति फ्रान्क-वाल्टर स्टाइनमेयरसँग कुरा गरेपछि आफ्नो भ्रमण स्थगित भएको घोषणा गरे। उनी आइतबारदेखि तीन दिने जर्मनी भ्रमणमा जाँदै थिए ।  अर्कोतर्फ फ्रान्समा फैलिएको हिंसा बेल्जियमसम्म पुगेको छ।…