एजेन्सी /बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आइतबार बिहान पार्टीको केन्द्रीय समितिले अर्को पाँच वर्षे कार्यकालका लागि महासचिवमा निर्वाचित गरेपछि तेस्रो कार्यकालको पदभार ग्रहण गरेका छन् । बेइजिङको ग्रेट हल अफ द पिपुलमा आफ्नो छोटो विजयी भाषणमा सीले ‘विश्वलाई चीन चाहिन्छ’ भन्ने जोड दिँदै लगनशीलताका साथ काम गर्ने वाचा गरे । ‘तपाईले हामीमा गर्नुभएको विश्वासको लागि…