हास्य कलाकार राजु श्रीवास्तवको निधन

हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । करिब एक महिनाअघि हृदयाघात भएपछि यहाँस्थित अखिल भारत आयुर्विज्ञान प्रतिष्ठान (एम्स)मा उपचार गराइरहेका उनको निधन भएको हो । कसरत गर्दा उनलाई हृदयाघात भएको थियो । उत्तर प्रदेशको कानपुरमा एक मध्यमवर्गीय परिवारमा जन्मेका उनी प्रारम्भिक शिक्षा पूरा गरेपछि चलचित्र उत्पादनको केन्द्र मुम्बईमा आफ्नो प्रतिभा प्रस्तुत…