काठमाडौं । राहुल गान्धीको सांसद पद खारेज गरेको विषयलाई लिएर सोमबार भारतको संसद्को अवस्था तनावग्रस्त बनेको छ । संसद्मा विपक्षी सांसदहरुले विरोध चर्काएपछि राज्यसभा र लोकसभा बैठक निर्धारित समयमा सुरु हुन सकेन । लोकसभा बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको छ । विपक्षी सांसदहरुले राहुल गान्धीको लोकसभा सदस्यता खारेज गरेको विरोधमा नाराबाजी गरेका थिए…