काठमाडौं । उडानकै क्रममा विमानभित्र एक यात्रुको मृत्यु भएपछि भारतीय निजी वायुसेवाको एउटा विमानले पाकिस्तानमा आकस्मिक अवतरण गरेको छ । दिल्लीबाट सोमवार दोहाका लागि उडेको इन्डिगो विमानमा उक्त दुःखद घटना भएको थियो । मृतक नाइजिरियाका नागरिक भएको बीबीसीले जनाएकाे छ। विमानचालकले ती यात्रुले "सास फेर्न छोडेको र उनको नाडीको गति हराएको" जानकारी दिएपछि विमान कराचीतिर…