कोभिडसँगै बाँच्न सिक्दै दक्षिण कोरियाः खुल्न थाले रेस्टुरेन्ट, क्याफे र जिम हल

सीउल । दक्षिण कोरियाले कोभिडको कारण दर्शाउदै रेस्टुरेन्ट, होटल क्याफेलगायत बढी जमघट हुने स्थानमा लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको छ । कोभिडसँगै जनजीवन सामान्य बनाउने नीतिअन्तर्गत सोमबारदेखि लागू हुने गरी ती क्षेत्र खुकुलो बनाइएको हो । खोप लगाएको प्रमाणका आधारमा बढी भिडभाड हुने स्थान जिम हल, साउना र बारहरुमा सर्वसाधरणलाई अनुमति दिइने भएको छ ।…