रूसी बन्दीलाई गोली हानिएको भिडियोबारे के भन्छ युक्रेन ?

किभ । युक्रेनी सैनिकहरूले रूसी युद्धबन्दीहरूलाई खुट्टामा गोली हानेको भनिएको एउटा भिडियो फुटेजको युक्रेनी अधिकारीहरूले अनुसन्धान गरिरहेका बताएका छन् । आइतबार बिहान पहिलो पटक सार्वजनिक भएपछि सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यसलाई विभिन्न प्लेटफर्महरूमा रुसी समर्थकले पुनः पोस्ट गरेका छन् । रूसी कैदीहरूलाई युक्रेनले गरेको व्यवहारलाई बदनाम गर्न रुसले ‘नाटकीय भिडियोहरू बनाएर…