आमाको नामबाट झन्डै ३ हजार जनाले लिए नागरिकता

काठमाडौं । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली २०८२ जारी भएदेखि आमाको नामबाट २ हजार ९४८ जनाले नागरिकता लिएका छन् । नयाँ नियमावली जारी भएपछि अहिलेसम्म नयाँ व्यवस्थाअनुसार उनीहरूले नागरिकता प्राप्त गरेका गृह मन्त्रालयले जनाएको छ । चौथो पटक संशोधन गरिएको नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको थियो । गएकाे पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले…