काठमाडौँ । विशेष अदालतले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगिता कौशल मिश्रालगायत प्रतिवादीको भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश भएको छ । आइतबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रमाण बुझ्ने आदेश दिएको हो । गत कात्तिक २ गते तत्कालीन महानिर्देशक मिश्रासहित स्वास्थ्य सेवाको व्यवस्थापन महाशाखाका…