कतारकी राजकुमारी थानीद्वारा विना अक्सिजन मनास्लु हिमालको सफल आरोहण

म्याग्दी । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विना अक्सिजन गोरखाको मनास्लु हिमालको आरोहण गरेकी छन् । हिमाल आरोहणमा कीर्तिमान कायम गरेका म्याग्दीका आरोही निर्मल पुर्जाले आफ्नो फेसबुक पेजमा जनाए अनुसार राजकुमारी थानीले ८,१६३ मिटर अग्लो मनास्लु हिमाल विना अक्सिजन सोमबार आरोहण गरेकी हुन् । उनी इलाइट हिमालय एड्भेञ्चरमार्फत मनास्लु आरोहणका लागि आएकी थिइन् ।…