देवघाटमा भक्तजनको घुइँचो

नारायणगढ । साउन महिनाको दोस्रो सोमबारको अवसरमा आज बिहानैदेखि चितवन, तनहुँ र नवलपरासी जिल्लाको सङ्गमस्थल देवघाटधाममा भक्तजनको उल्लेख्य घुइँचो लागेको छ । गण्डकी, त्रिशूली र कालिगण्डकी नदीको सङ्गमस्थलमा स्नान गर्ने, पूजा गर्ने र शिव मन्दिरमा जल चढाउने श्रद्धालुको घुइँचो लागेको हो । साउन महिनाको सोमबारलाई विशेषरूपमा भगवान् शिवको आराधना गर्ने पवित्र दिन मानिन्छ । यसै…