चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा हालसम्म ६८ वटा छावा जन्मिएका छन् । विसं २०४४ मा भारत, थाइल्याण्ड र मेनमारबाट २० वटा हात्ती ल्याएर केन्द्र सुरु गरिएको थियो । केन्द्रमा ती देशबाट छ वटा भाले र १४ वटा पोथी हात्ती ल्याइएको थियो । वि.सं २०४९ चैतमा पहिलोपटक यहाँका हात्तीले…