कोटेश्वरको भाटभटेनीमा भेटिएको शवको पहिचान खुल्यो

काठमाडौँ । काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरस्थित भाटभटेनीको चौथो तलामा आज बिहान भेटिएको शवको पहिचान खुलेको छ । उक्त शव रामेछाप खाँडादेवी गाउँपालिका-६ घर भई हाल ललितपुर च्यासल बस्ने अन्दाजी २२ वर्षीय विकास रसाइलीको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। उनले भने, “आज बिहान अन्दाजी ९:३० बजेको समयमा कोटेश्वर…