पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौँ । निर्वाचन आयोगकी पूर्वआयुक्त इला शर्माको निधन भएको छ । छाती दुखाइपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी शर्माको शनिबार साँझ ७ बजे उपचारका क्रममा हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । शव आज अस्पतालमै राखिने छ । परिवारका एक सदस्यका अनुसार भोलि आइतबार भारतबाट जेठी छोरी आएपछि शर्माको अन्त्येष्टि प्रक्रिया अघि बढाइने…