एक हातमा बच्चा र अर्को हातमा खाली गाग्री बोकेर खानेपानी माग्दै सुकुम्बासी

काठमाडौं । एक हातमा दुधे बालक र अर्को हातमा खाली गाग्री । काठमाडौंको बल्खु सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएकी गिता नेपाली आफ्नो दुधे बालक सहित खानेपानीको माग गर्दै आन्दोलनमा थिईन् । र उनले नारा लगाउदै थिईन्, ‘हामीलाई खानेपानी देउ, खानेपानी नदिने सरकार मुर्दावाद…।’ काठमाडौंको बिभिन्न ठाउँमा सुकुम्बासी बस्तीहरु छ । तर त्यहाँ शुद्ध खानेपानीको व्यवस्था…