रसुवा बाढीमा मधेशका दर्जन बढी सम्पर्कविहिन, सबै हाइड्रोका इन्जिनियर

जनकपुरधाम । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा मधेश प्रदेशका करीब एक दर्जनभन्दा बढी व्यक्ति सम्पर्कविहिन रहेका छ्न । सम्पर्कविहिन हुनेहरु सबै विभिन्न हाइड्रोपावर  र जलविद्यूत परियोजनामा काम गर्ने इन्जिनीयर हुन् ।  प्राप्त जानकारी अनुसार बारा सुवर्ण गाउँपालिका–४, हरैया निवासी रमेशकुमार यादव, महोत्तरीको पिपरा गाउँपालिका निवासी इन्जिनियर विकास यादव, जनकपुरधामका अजय प्रसाद सिंह, सप्तरी…