काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशको भौगोलिक जटिलता र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटनाको जोखिम निरन्तर बढ्दै गएको बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जटिल भू–गोलसँगै इन्जिनियरिङ मापदण्ड नपुगेका तथा जथाभाबी निर्माण गरिएका सडक संरचनाले दुर्घटनाको सम्भावना बढाएको स्पष्ट पारे। आईजीपी कार्कीका अनुसार सवारी…