काठमाडौँ । रौतहटको गरुडा नगरपालिका–९ स्थित गम्हरिया श्रीपुर माविकी एक छात्रालाई आपत्तिजनक सन्देश पठाएको आरोपमा शिक्षक रविन्द्रप्रसाद साह पक्राउ परेका छन्। एसईई पास गरेकी छात्रालाई "ह्याप्पी बर्थडे मेरी जान" लेखेर म्यासेज पठाएपछि उनले परिवारलाई जानकारी दिएकी थिइन्। त्यसपछि आफन्तले विद्यालयमै पुगेर तोडफोड र शिक्षक साहमाथि कुटपिट गरेका हुन्। घटनापछि विद्यालयमा स्थिति तनावग्रस्त बनेपछि इलाका प्रहरी…