रौतहट। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ। दुर्घटनामा प्रहरी जवान सुभाष चौधरीको ज्यान गएको छ भने मोटरसाइकलमा सवार उनकी श्रीमती प्रहरी जवान निशा खड्का गम्भीर घाइते भएकी छन्। फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा बिहीबार साँझ करिब ६ः३० बजे दुधिअवा–बालचनपुर सडकखण्डमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय…