सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि पुनः दरखास्त आह्वान

काठमाडौँ । सूचना तथा सञ्‍चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त सञ्चालक समिति अध्यक्ष पदका लागि पुनः दरखास्त आह्वान गरेको छ। मन्त्रालय अन्तर्गत गठित अध्यक्ष नियुक्ति सिफारिस समितिले आज एक सूचना जारी गर्दै योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो। इच्छुक उम्मेदवारहरूले तोकिएको योग्यता पूरा गरी आगामी जेठ १८ गते सोमबार, कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ।…