काठमाडौं । नेपाल र चीनमा बाढीका कारण भएको ठूलो क्षतिप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुःख व्यक्त गरेका छन् । बाढीमा परी मानिसहरूको मृत्यु हुनुका साथै धेरै नागरिक बेपत्ता भएको र ठूलो भौतिक क्षति पुगेको घटनाले आफूलाई दुःखी बनाएको गुटेरेसले बताएका छन् । उनले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्…