काठमाडौं । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि शनिबारसम्म देशभर भीषण वर्षा र व्यापक हिमपात हुने भएको छ । मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएकाले बिहीबार मध्याह्नदेखि नेपालमा पानी पर्न थाल्नेछ । शक्तिशाली चक्रवातको नाम ‘अर्नब’ राखिएको उनको भनाइ छ । भारतीय मौसम विभागले सोमबार…