बोडेमा प्रसिद्ध जिब्रो छेड्ने जात्रा आज मनाइँदै

काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध जिब्रो छेड्ने जात्रा आज मनाइदैछ । यस वर्षपनि स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिदैछन । जात्रामा श्रेष्ठले तेस्रो पटक जिब्रो छेडने भएका हुन् । सुजनले जात्रा जोगाउन आफूले यस वर्ष पनि जिब्रो छेड्न तयार भएको बताएका…