काठमाडौं । दलित समुदायका अगुवाहरुले ‘उपेक्षित, उत्पिडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग गर्दै माइतिघर मण्डलामा आज धर्ना दिएका छन् । नेपाल पिछडावर्ग (ओबिसी) महासङ्घको नेतृत्वमा दलित समुदायका अगुवाहरुले ‘पिछडिएको समुदाय (ओविसि) उत्थान विकास समिति’ र ‘वादी समुदाय उत्थान विकास समिति’लाई यथाशीघ्र सञ्चालन गर्नुपर्ने माग गर्दै धर्ना दिएका हुन् । महासङ्घका अध्यक्ष…