एफडब्लुएलडीले सिड कमिटीमा बुझायो नागरिक समाजको छायाँ प्रतिवेदन

जेनेभा । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी (सिड) कमिटीको बैठकमा नेपाली नागरिक समाजले छाँया प्रतिवेदन बुझाइएको छ । स्वीट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको सिडको ९० औं सत्रमा समाजको तर्फबाट महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले बुझाएको हो । एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले १६ वटै धाराहरुलाई समेटी एकीकृत तथा वृहद् छायाँ…