महाकुम्भबाट फर्किंदै गरेका ५ नेपालीको दुर्घटनामा मृत्यु

जलेश्वर । भारत, उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किरहेका ५ नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ । त्रिवेणी स्नान गरेर घर फर्किँदै गरेका पाँच जनाको महोत्तरीसँगै जोडिएको भारतको मधुवनीमा शनिबार दिउँसो स्कारर्पियो दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ बस्ने ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी…