एकमहिने कठोर व्रत गरिरहेका बर्तालु चाँगुनारायणको यात्रामा

भक्तपुर । माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका बर्तालु चाँगुनारायणको परदेश यात्रामा निस्केका छन् । माघ शुक्ल एकादशीका दिन चाँगुनारायण स्नानको यात्रा गर्ने व्रत विधिअनुसार शनिबार बेलुकी साँखुस्थित शालीनदीबाट बर्तालुले चाँगुनारायण मन्दिरमुनिको जङ्गलमा रहेको पोखरीमा स्नान गरी साँखुबाट बोकेर ल्याएको जल चाँगुनारायणमा चढाई माधवनारायणको पूजा आराधना गरेका हुन् । परदेश यात्रा सकी बर्तालु चाँगुबाट साँखु फर्कने…