छठका व्रतालु निर्जल उपवासमा

काठमाडौं । छठ पर्वको दोस्रो दिन आज व्रतालुहरू पानी पनि नखाई व्रत बसेका छन् । यसलाई निर्जल उपवास भनिन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी चोखो खाएर बसेका व्रतालुले दोस्रो अर्थात् कार्तिक शुक्ल पञ्चमीका दिनमा आज निर्जल उपवास बसेका हुन् । यस दिन बेलुकी घरमा खीर बनाइ चन्द्रमालाई अर्पण गरी एक छाक खाइन्छ ।…