काठमाडौं । दलहरूको चुनावी घोषणापत्रमा वर्षौंदेखि दोहोरिँदै आएको मल अभावको समस्या अझै समाधान हुन सकेको छैन । नेपाली कांग्रेसले किसानलाई मागअनुसार, तोकिएको मूल्यमा र समयमै मल उपलब्ध गराउने वाचा गरेको छ । मल खरिद प्रक्रिया सुधार, आपूर्ति सुनिश्चित गर्न क्यालेन्डर प्रणाली, तराईमा मल कारखाना स्थापना जस्ता कार्यक्रम पनि घोषणापत्रमा समेटिएका छन् । तर यस्ता प्रतिबद्धता…