फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी गर्दै आएका छन् । पूर्व शिक्षकसमेत रहेका उनले दसैँ र तिहारलाई लक्षित गरी फूलखेती गर्दै आएका हुन् । गत असारमा शिक्षण पेसाबाट अवकाश लिएका भण्डारीले फुर्सदको समयलाई सदुपयोग गरी फूलखेती गरिरहेको बताए । दसैँ, तिहार, छठलगायत धार्मिक कार्यहरूलाई लक्षित…