धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा ‘रेडपाण्डा’ भेटियो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नम्बर २ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा सङ्कटापन्न रेडपाण्डा (हाब्रे) भेटिएको छ । तीन वटा ‘क्यामेरा’ जडान गरिएकोमा दुई वटामा रेडपाण्डा भेटिएको हो । जैविक विविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले ६ देखि २५ वटासम्म रेडपाण्डाको बसोबास भएको अध्ययनबाट पुष्टि भएको दाबी गरे ।…