जनकपुरधाम । विवाहपञ्चमी महोत्सवको अवसरमा धनुषाको जनकपुरधाममा ३४ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा विश्व हिन्दु परिषद् नेपालको आयोजनामा ३४ जोडीको सामूहिक विवाह सम्पन्न गरिएको हो । उनीहरुको सम्पूर्ण वैवाहिक खर्च परिषद्ले व्यवस्थापन गरेको छ । परिषद्का जनकपुर अध्यक्ष सन्तोष साहका अनुसार २० वर्ष पुगेको नागरिकता वा जन्मदर्ताको आधारमा उनीहरुलाई…