मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर- १५ रातोमाटेबाट प्रहरीले ६७ लाख बराबरको अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतका बिहार राज्य फुलबरिया पुर्वी चम्पारण बरेवा बस्ने बर्ष ३४ का सुजित सर्राफ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । विशेष सूचनाको आधारमा विरगंजबाट हेटौंडातर्फ आउँदै…