गण्डकीका सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर

काठमाडौँ । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरूङ ‘दीपक मनाङे’ ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन्। यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई मंगलबार सर्वोच्चका न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सदर गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए। २०६१ सालमा चक्रे मिलनलाई मनाङेले तरबार प्रहार गरेका थिए। चक्रेको हात काटिएको थियो।…