मानव तस्करीको आरोपमा गृह मन्त्रालयका कर्मचारी पक्राउ

काठमाडौं । प्रहरीले गृह मन्त्रालयका कर्मचारी निर्मल विष्टलाई पक्राउ गरेको छ । विष्टलाई प्रहरीको मानब बेचबिखन अनुसन्धान व्यूरोले सिंहदरबारस्थित गृह मन्त्रालयबाट नियन्त्रणमा लिएको हो । विष्ट २०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा गृह मन्त्रालयमा कार्यरत थिए । गृहमन्त्री रवि लामिछाने र गृहसचिव एकनारायण अर्यालको नाममा भिजिट भिसामा मानिस विदेश पठाउने गरेको आरोपमा विष्टलाई पक्राउ गरिएको हो…