पश्चिम नेपालको तराईमा ‘गुडिया’ पर्व मनाइँदै

बाँके । आज साउन शुक्लपक्ष नागपञ्चमी पर्व । पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने अवधी समुदायले नागपञ्चमी पर्वलाई ‘गुडिया’ पर्वका रूपमा मनाउने गर्दछन् । यो पर्वलाई अवधी समुदायको मुख्य पर्वका रूपमा लिइन्छ । आजको दिन यो समुदायले घरपरिवार, आफन्त, टोल–छिमेक सबै मिलेर विशेष धुमधामका साथ पर्व मनाउने गर्दछन् । गाउँ टोलका विशेषगरी अगुवा बिहानै नुहाएर…