भारतबाट २ बालकको उद्धार

धनगढी । नेपाल–भारत सीमा नजिकबाट हराएका दुई बालकको उद्धार गरी नेपाल ल्याइएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-४ का दुई बालक जेठ ७ गते स्कुलबाट घर नफर्किएपछि खोजी थालिएको थियो। सहयात्री नेपाल संस्थाले विभिन्न निकायसँग समन्वय गरी बालकहरूलाई शुक्रबार नेपाल ल्याएर परिवारको जिम्मा लगाएको हो। उनीहरूलाई भारतको राजकीय बाल गृह, शाहजहांपुरले आश्रय दिएर राखेको थियो। उक्त…