जहाज उड्नेबित्तिकै दाहिने मोडिएर दुर्घटनामा पर्‍यो

काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको जहाजमा परी १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले दिएको जानकारीअनुसार १८ जनाको शव संकलन गरिएको छ भने एक जनाको जीवित उद्धार गरिएको छ । जहाजमा २ जना चालक दलसहित १९ जना थिए । जहाजका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यको उद्धार गरेर केएमसी अस्पताल लगिएको प्रहरीले…