सिमलताल घटना : उच्चस्तरीय प्रविधिबाट बेपत्ताको खोजी गर्न कार्यदललाई सुझाव

चितवन । गत शुक्रबार पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बस र यात्रुको खोजीमा उच्चस्तरीय प्रविधिको प्रयोग गर्न सिमलताल घटना अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित कार्यदललाई सुझाव दिइएको छ । घटनाको अध्ययन गर्न आएको कार्यदललाई सरोकार भएकाहरूले नयाँ प्रविधिबाट बेपत्ता र बसको खोजी गर्न सुझाव दिएका हुन् । जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजना गरिएको सुझाव सङ्कलनका…