भूक्षय रोक्नका लागि नवलपरासीमा बिरुवा बाँड्न शुरु

नवलपरासी । हरियाली प्रवर्द्धनका साथै भूक्षय नियन्त्रण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले सर्वसाधारणलाई बिरुवा बाँड्न शुरु गरेको छ । वन कार्यालयले कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित २८ प्रजातिका एक लाख ६० हजारभन्दा धेरै बिरुवा निःशुल्क वितरण गर्ने जनाएको छ । नर्सरीमा हुर्काइएका बिरुवा वृक्षा रोपण गर्न निःशुल्क वितरण थालिएको…