सिमलताल पहिरो : मृतकका परिवारलाई मधेश सरकारले एक लाख दिने

महेन्द्रनगर । मधेश प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाखका दरले राहत दिने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताए । “दुर्घटनामा परी ज्यान गुमाउनेका पीडित परिवारलाई राहत दिने घोषणा…